धरान। आज नेपालको संविधान जारी भएको सातौँ  वर्ष पूरा भएकोे छ । विसं २०७२ साल असोज ३ गते आजकै दिन नेपाली जनताले चुनेर पठाएको प्रतिनिधी सभा मार्फत आजकै दिन  संविधान प्राप्त गरेको दिन हो । 

सातौं वर्ष पुरा गरी    आठौँ  वर्षमा प्रवेश गरेको अवसरमा आज देशैभर विविध कार्यक्रम गरी मनाईैदै छ । धरानमा पनि आज संविधान दिवसको अवसरमा नागरिक समाज,राजनीतिक पाटी, सामाजिक संघ सस्था लगायतले कार्यक्रम गरी मनाउँदैछन् ।धरानमा नेपाली काँग्रेस , एमाले सहितका पार्टीहरुले दि प्रज्वलन गरिने जनाएको छ ।   

 नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो जुन नेपालको सातौँ संविधान हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् ।

संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन  सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

यस संविधानले नेपालको  सार्वभौमिकता, भौगोलिक अखण्डता,   स्वतन्त्रता, राष्ट्रिय एकता,  अक्षुण्ण राख्दै स्वाधीनता र स्वाभिमानलाई जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ।  ३५ भाग ३०८ धारा भएको संविधानमा विविधताबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई  आत्मसाथ गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ। संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो।