धरान । धरानमा उपमहानगरपालिकाका एक सफाई चालक मादक पदार्थ सेवन गरी सवारी साधान चलाएको पाइएको छ । सोमबार विहान ७ वजे नै सफाई चालकले रक्सी खाएर सवारी साधान चलाए ।रक्सी नै खाएर चालक भेटिएपछि धरान वडा नम्बर १० का वडाध्यक्ष विवेक राईले उल्टै सफाई मजदुरमाथि हात पात गरेको समाचार सोमवार दिनभरी सनसनी भयो । तर यर्थाथ भने वडाध्यक्ष राईले वेलुकी पत्रकार सम्मेलन गरी सो आरोप माथि खण्डन गरेर सवारी चालकले रक्सी खाएर माफी मागेको भिडियो नै सार्वजनिक गरेका छन् ।

उक्त भिडियो सामाजिक सन्जालहरुमा र सन्चार माध्यममा भाइरल भएको छ ।वडाध्यक्ष राईले सफाई चालक राजेश थापा मगरमाथि कुटपिट गरेको आरोपका विषयमा धरान १० पुतली लाइनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको प्रष्टीकरण दिएका हुन । उनले भने–‘सफाइ चालक थापा मगरमाथि कुटपिट गरेको समाचार आएको छ, वास्तविकता त्यो होइन, मापसे गरेर सवारी साधन चलाएकोले उनलाई सम्झाएको मात्र हुँ ।’

उनका अनुसार सोमबार विहान ७ः३० बजे वडा नं। १० पुतलीलाइन, सैनिक चौकमा  उपमहानगरफालिकाको फोहोर बोक्ने गाडी अस्वभाविक रुपमा कुदाएको खबर आएपछि आफू त्यस ठाउँमा पुगेको बताए । उनले भने–‘मैले त्यहाँ पुगेर सफाइ चालक थापालाई सोधपुछ गर्दा उल्टै मलाई धम्क्याए, मलाई मादक पदार्थ सेवन गरेको स्पष्ट भएपछि सवारी साधन तिब्र गतिमा नकुदाउन सम्झाए, शुरुमा त उनले आनाकाना गरे, पछि रक्सी खाएको स्वीकार गरें ।’

उनले हातपात नगरी हातपारे गरे भनेर आएको समाचारप्रति खेद प्रकट गरे । उनले भने–‘उनले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको भिडियो सार्वजनिक सञ्जाल फेसबुकमा समेत आएको छ, मैले धेरै सम्झाएपछि उनले माफी मागेका छन्, कुरै नबुझी एकतर्फी समाचार आउनु राम्रो होइन । उनले वास्तविकता नबुझी एकतर्फी कुरा सुनेर मेयर हर्कराज साम्पाङले धरान १० को फोहोर नउठाउनु भन्ने दिएको अभिव्यक्तिप्रति पनि गम्भीर आपत्ति जनाए । उनले भने–‘नगरपालिकाको सफाइ चालकले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउदा उल्टै कारबाही गर्नुपर्नेमा चालकलाई पश्रय हुने गरी एकतर्फी दिएको मेयरको अभिव्यक्ति ठीक हैन, यसलाई मेयरले सच्याउनुपर्छ ।’