धरान । धरान उपमहानगरपालिका वडा नम्वर १० को फोहार आज (मंगलवार सफाइ कर्माचारीले उठाएनन् ।


306778029_10166850313220215_6816848792610534931_n 1

सोमबार सफाई सवारी चालकले मदिरा सेवन गरी सवारी साधान चलाएर फोहोर उठाउन वडामा आएपछि वडा नंम्बर १० का वडाध्यक्ष विवेक राईले चालकलाई सम्झाउँदा विवाद वढेको थियो ।

307126225_10166850313400215_5118427881773855951_n

तर सफाई मजदुरले भने वडाध्यक्ष राईले हातपात गरेको भन्दै धरान उपमहानगरपालिका उजुरी समेत दिएपछि मेयर हर्क साम्पाङले फोहोर नउठाउनु भनेपछि आज आफ्नो वडाको फोहोर नउठेको वडाध्यक्ष राईले वताएका छन् । सफाई मजदुर कुटपीटको विषयमा राईले सोमबार पत्रकार सम्मेलन गरी आरोपको विषयमा आपती जनाउँदै खण्डन गरेका थिए ।

307082731_10166850313490215_8447595172515819905_n

वडाको फोहोर नउठेपछि आज विहान धरान उपमहानगरपालिका , सफाई मजदुर र वडाध्यक्षवीच छलफल भएपछि फोहोर उठाउने विषयमा सहमती हुन सकेको छैन। वेलुकी ३ वजे फोहोर उठाउने विषयमा पुन छलफल गरिने वडाध्यक्ष राईले वताए । नियमित रुपमा उठाइने फोहोर उठ्न नसेकपछि सडक आसपासमा फोहारहरु थुप्रिएका छन् ।