धरान । धरानमा मञ्चल भईरहको किराती सभ्यता र मिथकमा नाटक खुवालुङ समय अवधिी थप गरिएको छ ।

आम दर्शकको माग र चाहना अनुसार समय अबधि थप थरिएको नाटक खुवालुङ आगामी असोज ११ गते सम्म मन्चन हुने आयोजक किरात राई यायोख्खा जिल्ला कार्य समिति सुनसरीले जनाएको छ ।

नाटक धरान ८ स्थित सभागृहमा असोज २७ गतेदेखि जारी छ । भदौ ५ गते सम्म मन्चन हुने भनिएपनि थप गरिएको हो ।

दर्शकहरु आउने क्रम जारी रहेको र धेरै जना नछुटोस् भनेर नाटक ११ गतेसम्म मञ्चन हुने निर्माण टिमका सदस्य तथा रंगकर्मी विष्णु मोक्तानले जानकारी दिए ।

भोली एक दिनको लागि भने स्थगन गरिने र नाटक देखाइने समय  पनि थप गरिएको रंगकर्मी मोक्तानले बताएका छन् । उनका अनुसार  शुक्रबारदेखि नियमित रुपमा नाटक नाटक मञ्चन हुनेछ र असोज ७ गतेदेखि ९ गतेसम्म साढे १२ बजे एक शो र साढे ४ बजे दोस्रो शो मञ्चन हुनेछ ।

साढे १२ बजे बाहिरबाट आउने दर्शकलाई मध्यनजर गरेर मञ्चन हुने जनाइएको छ ।  असोज १० र ११ गते भने दिउँसो साढे १२ बजे मात्र नाटक मञ्चन हुने भएको छ  ।

सप्तकोशी नदीमा रहेको ढुंगा अर्थात खुवालुङ किराँतीहरुको सभ्यता र मिथक विषयलाई समेटेर नाटक तयार पारिएको छ । नाटक साहित्यकार राजन मुकारुङले लेखेका हुन भने निर्देशन भने निर्देशन किरण राईले गरेका छन् । खुवालुङ नाटक काठमाण्डौंमा प्रदर्शन भएपछि धरानमा भएको हो ।