धरान । धरानमा वीर गोर्खा पत्रकारिता सम्मानबाट ३ जना पत्रकार सम्मानित भएका छन् । 

धरानका पत्रकार निलिफा शुव्वा , पारस रारई र  ईटहरीका अर्जुन सुबेदी नगद पुरस्कार सहित सम्मानित भएका हुन 

उनीहरु मध्ये सुबेदी र सुब्बा वीर गोर्खा पत्रकारिता पुरस्कारको नगद २५÷२५ हजार सहित दोसल्ला तथा सम्मान पत्रले सम्मानीत भए । त्यसै गरि  वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारबाट पारस राई नगद २० हजार संगै दोसल्ला तथा सम्मान पत्रले सम्मानीत भए  । हिजो  स्थित किरात यायोख्खा जिल्ला कार्य समितीको भवनमा उनीहरु सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथी गोर्खा वेलफेयर अफिस धरानका क्यापटेन पुर्ण प्रसाद लिम्बुले दोसल्ला ओढाई तथा सम्मानपत्र प्रदान गर्दे सम्मन गरेका थिए।

ट्रेनिङ सेन्टरले हरेक बर्ष प्रेस युनियन धरान नगर समितिको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको सहयोगमा पुरस्कार वितरण गर्दै आईरहेको छ ।