काठमाडौं । दुवईमा कार्यरत एक नेपालीले ३५ करोडको चिठ्ठा  पाएका छन् ।

दुबई पुगेर (कार वासर)को रुपमा काम गरिरहेका नेपाली युवक भरत बिके एकाएक करोडपति बनेका हुन् ।भरतले दुबईमा चर्चित मजुज चिठ्ठामा एक करोड दिराम अर्थत ३४ करोड नेपाली रुपैयाँ जित्दै करोडपति बनेका हुन् । संचार माध्यम गल्फ न्युजले जनाए अनुसार भरतले विगत दुई वर्ष देखि यो चिठा किन्दै आएका थिए भने यति ठुलो धनराशी जित्ने उनी पहिलो नेपाली हुन् ।

‘यो पुरस्कारले मलाई धेरै कुरा प्राप्त गर्न मद्दत गर्ने छ, म यथाशिघ्र मेरो ऋण र अन्य खर्च तिर्ने छु,’ उनलाई उध्रदत गर्दै गल्फ न्युजले लेखेको छ ।’ उक्त पैसा आफ्ना तीन र पाँच वर्षिय सन्तानको भविष्यको लागि खर्चिने समेत उनको योजना छ । भरतले अब आफू करोडपति बने पनि सादा जीवननै बाच्ने सेमेत बताएका छन् ।

मजुज दुबईमा प्रख्यात लट्री चिठ्ठा हो । मजुजका सिईओ फरिद सामजीका अनुसार धेरै नेपालीहरुले यस चिठ्ठामा सहभागिता जनाउँदै आएका छन् ।

अहिलेसम्म करिव ३ हजार दुई सय जना नेपालीले मजुजमा विभिन्न श्रेणीको चिठ्ठा जितेका छन् जस मध्य पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जित्ने २८ जना रहेका छन् ।