धरान ।तपाईलाई लाग्छ एक रुपैयाँले के हुन्छ र < हुन पनि एक रुपैयाँमा  के नै आउँछ र < धरानमा त्यहीँ एक रुपैयाँबाट शिक्षाको उज्यालो ज्योती छर्नको निम्ति परोपकारी एक संस्थाले त्यहीँ एक रुपैयाँबाट वालवालिकाको भाग्य र भविष्य वनाउन लागि परेको छ ।  

 आर्थिक अवस्था कमजोर भएर अध्ययन गर्नबाट वन्चित हुनु नपरोस भन्ने उद्देश्यले धरानमा “शिक्षाको लागी एक रुपैया अभियान” भएको छ । 

सो अभियानको सामाजिक परोपकारी संस्था लायन्स क्लव अफ धरान पंचकन्याले वुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष एकता श्रेष्ठले प्रेस विज्ञप्ती वाचन गरि शिक्षाको लागि एक रुपैयाँ अभियान शुरु गरेको घोषणा गरेकी छन् ।  त्यसका लागि अभियानमा जोडिएर सहयोग गर्न पनि क्लबले आग्रह गरेको छ । 

के हो १ रुपैयाँ अभियान < 

अभियान स्वस्र्फुत रुपमा सहयोग गर्न सकिने छ । दिनको १ रुपैयाँ दिए पुग्छ । सामथ्र्य अनुसार विभिन्न तरिकाले योगदान गर्न सकिने आयोजकले जनाएको छ।१ दिनको १ रुपैया, १ महिनाको लागी ३० रुपैया, १ वर्षका लागी ३६५ रुपैया, ५ वर्षका लागी १,८२५ रुपैया र १० वर्षका लागी ३,६५० रुपैया तोकिएको छभने आजिवन सदस्यताका लागी ११,१११ रुपैया तोकिएको छ। संस्थामा हालसम्म ४५ जनाले आजिवन सदस्य लिएको अध्यक्ष श्रेष्ठले बताएकी छन् ।

कार्यक्रममा प्रमुख अतिथी लायन डिष्ट्रिक गभर्नर धिरज गुरुङले हाल लायन्स क्लबहरुले विद्यालयहरुमा कपी वितरण कार्यक्रमलाई प्राथमिकता दिएको बताए। अभियानको लक्षित विद्यार्थी भने सरकारी विद्यालयमा अध्ययन गर्नेलाई प्राथमिकता दिनेछ ।