धरान ।धरानमा आज दिउँसो खोलामा फालिएको अवस्थामा कटुवा पेस्तोल फेला परेको छ । 

 धरान –५ को देउराली स्थित अधेँरी खोलामा वच्चाहरुले फेला पारी खेलाउँदै गरेको अवस्थामा अभिभावकले थाहा पाएका थिए । ३ वटा प्लाष्टिकले वेरेको अवस्थामा सो पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । स्थानीयवासीले साँझ इलाका प्रहरी कार्यालय धरानको प्रहरीलाई वुझाएका छन् ।

308273199_1296469391156476_7424121538765958458_n 2

इलाका प्रहरी कार्यालय धरानमा डिसपी वुद्ध श्रेष्ठका अनुसार अवैधानिक रुपमा  कसैले फालेको हुन  सक्ने र थप अनुसन्धान गर्ने वताए ।