धरान।धार्मिक पर्यटकीय स्थल धरान उमपहानगरपालिका अन्र्तगत वडा नम्बर १४ मा रहेको बूढासुब्बा मन्दिरको संरचना फेरिने भएको छ ।

मन्दिरको महत्व र ऐतिहासिकता झल्काउनका लागि लागि कलात्मक काठको  खम्वा सहितको थप संरचना तयार पारिने भएको छ । मन्दिर वरिपरि काठै काठले कलात्मक ढंगले वनाउने भएको हो ।

308021135_399535412356886_8469491301467006275_n (1)

त्यसका लागि नेपाल सरकारको पुरातात्विक विभागको आर्थिक सहयोगमा मन्दिरको संरचना निर्माण गरिदैछ । मन्दिरका पुजारी पुष्प आलेका अनुशार सरकारले वुढाशुव्वाको एतिहाँसिकतालाई जोगाउनको लागि कंक्रिटको खम्वालाई विस्थापित गराईको काठको खम्वा सहित तथ संरचना वनाउन लागिएको हो ।

308266952_830136858001805_3567180163348560715_n (1)

पुरातात्विक विभागका कलिगढले साज सज्जा गर्दैछन् ।एक साता भित्र नै मन्दिरको स्वरुप फेरिने र धर्मालव्बीहरुलाई थप आकर्षण वन्ने पुजारी आले वताउँछन् ।  यसैवीच  वुढाशुव्वा मन्दिर वेहुली झै सिंगारिएको छ ।मन्दिरको आकर्षण वढाउनको लागि त्यहा वुढाशुव्वा अंकित तोरण टाँगिएपछि  मन्दिर सजिएको छ ।मन्दिरको मुख्य गेटदेखि वाहिरको सडक र भित्र सम्म नै तोरण टाँगिएको छ ।

308314157_644735440553967_7031898858377725605_n (1)

स्थानीयवासी र  टेम्पो व्यवसायी मिलेर मन्दिरको थप साज सज्जा गरेको वताइएको छ । व्यवसायी प्रेम पराजुलीका अनुशार स्थानीयवासी र टेम्पो व्यवसायीले सहयोग उठाएर तोरण टाँगिएको वताए । उनले भने,“हामी मिलेर यो कामको शुरुवात गरेका होै,विभिन्न मन्दिरहरुलाई समेत तोरण सहयोग मागेर मन्दिरको आकर्षण वढाएका हौ। ”