धरान । नगरपालिकाहरुको अन्तराष्ट्रिय सञ्जाल ‘सीटी नेट’को कार्यकारी सदस्य हुने अवसर गुुमाएको छ  ।

२०७४ सालमा स्वर्गिय मेयर तारा सुुब्बाले  धरान उपमहानगरपालिकालाई सीटि नेटको कार्यकारी सदस्यत बनाउन प्रस्ताब गरेका थिए ।

त्यस बेला बंगलादेश,श्रीलंका तथा कोलालाम्पुुर मलेसियाले उक्त प्रस्ताबमा सहमती जनाएका थिए ।अहिले क्वलालाम्पुरमा भईरहेको सिटि नेटको सम्मेलनबाट नेपाल नगरपालिकाहरुको अन्तराष्ट्रिय सञ्जालको कार्यकारी सदस्य नगर हुने निश्चित थियो ।

तर उक्त सम्मेलनमा सहभागिता जनाउने विषयमा धरान उपमहानगरपालिकाले चासो नदिएपछि धरानले उक्त अवसर गुुमाएको छ ।सिटि नेटमा २१ देशका १७३ नगरपालिका सदस्य रहेका छन् ।

सीटी नेटले मलेसियाको कोलालम्पुुरमा आयोजित नगरपालिकाहरुको भेलामा सहभागि हुन धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई पत्रपनि पठाएको थियो ।

तर नगर प्रमुुख र्राइले चासो नदिएपछि सिटी नेटको उक्त भेलामा धरान उपमहानगरपालिकाको सहभागिता शुन्य भएको हो ।

सिटि नेटले आफ्नो सञ्जालमा सहभागि नगरपालिकाहरुको शहरी करण,वातावरण संम्रक्षण,संस्कृतीक सम्पदाको संम्रक्षण तथा शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन सहयोग पनि गर्दै आएको छ ।

यस भन्दा अगाडी नेपालको ललितपुुर महानगरपालिकाको शैक्षिक विकासका लागि प्रविधिमैत्री कार्यक्रम सिटिनेटले दिएको थियो ।

२०७४ मा श्रीलंकामा भएको सिटि नेटको सम्मेलनले धरानको वातावरण तथा संस्कृतीक सम्पदाको संम्रक्षणका लागि काम गर्न उत्सुक्ता देखाएको थियो ।

अहिले मलेसियामा भईरहेको सम्मेलनले आगामी पाँच बर्ष काम गर्ने नगरपालिकाको छनौट गर्ने छ । यो पटक सिटीनेटको कार्यक्रम धरान उपमहानगरपालिका छनौटमा रहन सक्ने अवस्था रहेको थियो ।

नेपालका तर्फबाट ललितपुर महानगरपालिकाका मेयर चिरीवाबुु महर्जनले नेपालका १४ वटा नगरपालिका मध्ये धरानलाई वातावरण तथा सम्पदा संम्रक्षणमा प्राथमिकता दिनुपर्ने प्रस्ताब राखेका थिए ।

महर्जन सिटिनेटका कार्यकारी सदस्य पनि हुन् ।

धरान उपमहानगरपालिकाले अन्तराष्ट्रिय सम्बन्धलाई निरन्तरता दिने तथा विकसित देशका नगरपालिकाहरुको विकासको मेडल बाट नयाँ कार्यक्रम तय गर्ने तर्फ ध्यानदिनुु पर्नेमा अन्तराष्ट्रिय समन्धहरु नै टुुटाउन थाल्नुु दुख भएको धरान उपमहानगरपालिकाकी पुर्व उप प्रमुख मञ्जुु भण्डारी बताउछिन् ।

असोज ४ गते देखि ७ गते सम्म चल्ने कार्यक्रमको उद्घाटन सत्र पछि भएको योजना छनौटको मिटिङमा धरान उपमहानगरपालिकाको उपस्थिती नभएको विषयमा छलफल भएको सिटि नेट कंग्रेस २०२२ मलेसिया कोलालम्पुुरका सुचना अधिकारी एनी लिमले जानकारी दिएकी छिन् ।