• माधवलाल कर्माचार्य 

भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस,
गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्,
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
छुट्टिने कालो विदाको मन्द हाँसो झैं बलूँ,
तिमिरको साम्राज्य बिचमा अडिरहू म अडिरहँ,
अमर कै सन्देश बन्दै चम्किरहूँ म चम्किरहू !
भ्रान्त यात्री मार्ग देखुन्, बढून्, पाउन सर्सरी,
बाँच्नलाई आश, पाउन् जिन्दगी यात्रा भरी,
तुच्छताको याद छाडी बलिरहूँ म बलिरहूँ !
हुरी आई हरहराऔस् बाँचिरहूँ बाँचिरहूँ,
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
https://janamatsahitya.com