धरान । दशैं नजिकिएसँगै धरान १४ स्थित प्रसिद्ध शक्तिपीठले परिचित दन्तकाली मन्दिर पनि सजि सजाउ भएको छ । विशेष गरी दशैकों समयमा यहाँ भक्तजनको ठुलो भीड लाग्ने गर्दछ । सोही अनुरुपमा दन्तकाली मन्दिरमा थप आकर्षण वनाउनको लागि दन्तकाली अंकित तोरणले सजि सजाउ भएको छ । यहाँ विजय दशमीको अष्टमी, नवमी र दशमीका दिन विशेष रुपमा वोका र हाँस वलिदिने गरेको छ । 

307283447_114509838070541_5040883818171085397_n (1)

मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।


307298004_114509564737235_5890972744372118666_n (1)

दन्तकालीको मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ ।

307447678_114509798070545_5677465938016917765_n 1


मन्दिरमा भक्तजनको घुँइचो

विजयपुरको दन्तकलीबाट धरान बजारको रमणीय दृश्य देख्न सकिन्छ । यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुरसप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु आदि स्थान पनि देख्न सकिन्छ । तसर्थ दन्तकाली धार्मिक रूपमा मात्र नभएर सुन्दरताका दृष्टिले पनि निकै महत्त्वपूर्ण छ ।

307581213_114509751403883_1975694000639229030_n (1)

दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या र भताभङ्गे विजयपुरका रमणीय तथा भ्रमण गर्न योग्य स्थानहरू हुन् । यसबाहेक सम्पूर्ण विजयपुरनै पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ ।[१]