धरान ।पुुर्खौली थालोको माया,सद्भाव र सहयोग गरि एकतावद्ध हुुने उद्धेश्यले गठित भोजपुर सुनसरी सेवा समाज धरानु,सुुनसरीले आइतबार रक्तदान कार्यक्रम गरेको छ । 

   संस्थाको ९ औं वार्षिक उत्सवको अवसरमा धरान स्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको विपी मार्केटमा रक्तदान कार्यक्रम आयोजना गरेको समाजका सचिव भुवनसिंह वस्नेतले वताए । सचिव वस्नेतका अनुसार रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताले रगत दान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र विक्रम वेघा सहितका अतिथीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । समाजले हरेक आपत विपत लगायतको सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

विशेष गरि विरामी भएर आर्थिक अभाव भएकालाई आर्थिक सहयोग,खेलाडी विकासको निम्ति सहयोग, प्राकृति विपती लगायतको क्षेत्रमा सहयोग गरेको छ ।