धरान ।ग्रामीण भेगका जनतालाई स्वास्थ्य सेवाको पहुँच  पुर्याउनको लागि सुनसरीको बराहक्षेत्रमा नयाँ अस्पताल खुलेको छ ।  सोमबार एक औपचारिक कार्यक्रम गरि सो अस्पताल खुलेको हो ।

309420163_135284175915915_919893483651879579_n 2

सो अस्पताल २५ सैयाको रहेको छ । बराहक्षेत्र १० युवाहरुको सक्रियतामा २५ शैयाको हस्पिटल सुरु भएको हो ।प्रकाशपुरको कामना चौकमा रहेको हस्पिटलबाट एम बिबिएस, एमडी र बरिष्ठ चिकित्साहरुबाट बिरामीहरुको चेक जाँच गरिने संचालक सागर सुब्बाले बताए ।उक्त हस्पिटलमा ओपिडी आकस्मिक सेवा, भिडियो एक्सरे, एक्सरे, इसीजि, ल्याब लगायतको सेवा रहेको छ । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सहितको सेवा दिने बताइएको छ ।

309046762_135284159249250_5468151132911820327_n

गाइनो रोग विशेषज्ञद्वारा महिलाहरुको चेक जाँच गर्नका साथै परिवार नियोजन सम्बन्धी जाँच तथा परामर्श दिइने संचालक आकाश न्यौपानेले जानकारी दिए ।थाइराइड,  सुगर, प्रेसर लगायतको उपचार गरीने साथै २४ घण्टा फिजिसियन डाक्टरको सेवा हुने हस्पिटलले जनाएको छ । २४ घण्टा एम्बुलेन्स सेवाको ब्यवस्था हुने बताइएको छ ।

प्रकाशपुरका आकाश न्यौपाने, सागर सुब्बा र रमेश खड्का लागायतको लगानीमा प्रकाशपुर नवदुर्गा हस्पिटल सञ्चालनमा आएको हो ।