धरान । धरान उपमहानगरपालिकाले उपभोक्ताको हितको लागि वजार अनुगमन सुरु गरेको छ । 

मंगलवार दिउँसो उपमहानगरका उप–मेयर आइन्द्र विक्रम वेघा सहितको टोलीले  वजार अनुगमन गरेको हो । वजार अनुगमनका क्रममा धरानको मासु पसल, माछा पसलहरुले दर्ता विना नै सन्चालन गरेको पाइएकाले त्यस्ता दर्ता नगरि सन्चालन गरिएको पसललाई दर्ता गर्नको लागि निर्देशन गरेको उप मेयर वेघाले वताए । त्यसै गरि धरान–१० स्थित  भाटभेटेनी सुपुर मार्केटमा पनि टोलीले अनुगमन गरेको छ ।

त्यहाँ पनि मिति गुज्रेको सामानहरु राख्ने गोदाम घर नभेटिएको र किनेको मुल्य नभेटिएकाले सुधार गर्नको लागि उप मेयरको टोलीले पहिलो पटक सुझाएको छ । उप मेयर वेघाले भने,“हामीले निरन्तर रुपमा उपभोक्ताको हितका लागि वजार अनुगमन गर्ने छौ,तर छड्के अनुगमन हुने छ ।”भानुचोक (पुतलीलाइन)स्थित सैलुङ स्टोरमा अनुगमन टोलीले चामलको मुल्य एमआरपि (प्रिन्ट भएको मुल्य) भन्दा बढी लिएको भेटाएपछि उक्त स्टोरसहित सप्लायर्सलाई स्पष्टीकरण सोधेको छ ।