स्नेहा श्रेष्ठ

विजयपुर/धरान उपमहानगरपालिकाका एक कर्मचारीले भने विदाकै दिन सरकारी गाडी चलाएपछि अहिले सर्वत्र चर्चाको विषय बनेको मात्र छैन उनी विवादमा तानिएका छन् ।

धरान उपमहानगरपालिकाको सवारी साधन प्रयोग गरी छोरीको विवाहमा गएका ती कर्मचारीले प्रयोग गरेको सवारी साधनमा चढेकी एक सञ्चारकर्मी महिलाले तस्विरसहित ‘बाइबाई धरान’ लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो विषयले ती कर्मचारी विवादमा तानिएका छन् ।

 राज्यले सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई विदाको दिन कार्यालयको सवारी साधन नीजि प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको छ । तर सुसासनको चर्को आवाज उठाइरहेका अभियान्ता हर्कराज राई अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । तर आफ्नै प्रमुख प्रशासकिय अधिकृतले निजी काममा उपमहानगरपालिकाको गाडी दुरुपयोग गरि रहदा भने बेखबर बनेका छन् ।

 धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सह सचिब) उद्धबप्रसाद रिजालले उपमहानगरपालिकामा काज विदा लिएर छोरीको विबाहमा गएका छन् । धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले प्रमुख प्रशासकिय अधिकृतले काज विदा स्वीकृत गर्राइ गाडि लिएर जानु भएको उल्लेख गरे ।

 उपमहानगरपालिकाको रेकर्डमा प्रमुख प्रशासकिय अधिकृत यतिबेला उपमहानगरको काममा नै रहेको देखाउ छ । तर प्रमुख प्रशासकिय अधिकृत रिजालले भने आफु परिवारको विबाहमा आएको स्वीकार गरेका छन् ।

सुुरुमा कार्यालयको कामले आफु आएको र आफुले गाडि दुरुपयोग गरेको अस्वीकार गरेका रिजालले पारिवारीक कार्यक्रममा उपमहानगरको गाडी प्रयोग भएको प्रमाण रहेको बताएपछि भने आफु परिवार भित्रको वैबाहिक कार्यक्रममा आएको स्वीकार गरे ।

 उपमहानगरपालिकाको रेकर्ड र प्रमुख प्रशासकिय अधिकृत रिजालकै भनाई अनुसार बैबाहिक कार्यक्रममा भत्ता सहितको विदा लिएका छन् । ‘यो सरासरी अख्तियारी र सरकारी सेवाको दुरुपयोग हो’ सुुकुम्बासी नेता कुमार कार्किले बताए ।

प्रमुख प्रशासकिय अधिकृत रिजाललाई कुन सरकारी कामका लागि सरकारी गाडि लिएर जानु भएको हो ? भन्ने जिज्ञासामा भने ‘सबै सरकारी काम तपाईलाई भन्न मिल्दैन ।’रिजाल गत विहिबार विराटनगरबाट प्लेनमा काठमाण्डौ गएका थिए भने उपमहानगरपालिकाको को १ झ ५३८ नम्बरको हेग्जा गाडिमा आफन्त र धरानका नजिकका मान्छे लगेका थिए ।