धरान । धरानमा जो गर्भवती भएर नियमित चेकजाँका लागि जान्छन्,उनीहरुले अण्डा उपहार पाउने गरेका छन् । धरान उपहानगर वडा नम्बर १३ ले गर्भवती महिलाहरुको लागि यो कार्यक्रम ल्याएको छ 

वडाले पोषण कार्यक्रम अन्र्तगत हरेक गर्भवती महिलाको लागि प्रत्येक पटक स्वास्थ्य जाँच गराउन आउँदा ८ ओटा अण्डा पाउँछन् । वडाले यो कार्यक्रम स्वास्थ्य केन्द्र मार्फत वितरण गर्दै आएको छ । पोषण कार्यक्रम अन्र्तगत अण्डा वितरण गर्न थालेपछि यसको प्रभावकारिता समेत वढेको छ । वडाध्यक्ष नेत्र प्रसाद काफ्लेका अनुसार गर्भवती भएपछि महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर वडामा यो कायक्रम शुरु गरेपछि यसको प्रभावकारीता दिन दिनै वढ्दो रहेकाले हामीले निरन्तर रुपमा अघि वढाएको वताए । उक्त वडा मात्रै होइन अण्डा उपहार दिने थाहा पाएपछि धरान वडा नम्बर ४ र २० मा महिलाहरुले पनि सेवा लिन थालेका छन् । 

२ महिना अघिदेखि वडाले यो कार्यक्रम शुरु गरेको हो । स्वास्थ्य कर्मचारीका अनुसार विगतका दिनमाहरुमा मुस्किलले ४,५ जना मात्र मासिक रुपमा आउने गरेको थिए भने हाल दैनिक रुपमा आधा दर्जन गर्भवती महिला आउने छन् ।  नेपाल सरकारले यस अघि ४ पटक गर्भवती महिला चेक जाँच गर्ने गरेको थियो भने अहिले ८ पटक गर्भवती जाँच गराउने नियम वनाएको छ ।