मोरङ।मोरङको उर्लाबारी नगरपालिका-१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा  कटहरी गाउँपालिका-२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन ।विहीबार  अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।
                        घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।