धरान । विजया दशमीको आज छैठौ दिन ।आजको दिन  दशैँघर वा पूजा कोठामा नव–दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिने प्रचलन रहेको छ । 

असोज  शुक्ल षष्ठीका दिनमा कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता सङ्कट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक जन विश्वास छ ।आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी भगवतीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ। 

दशैंका अवसरमा देशभरका धरानको दन्तकाली ,अन्य शक्ति पीठहरु भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवी पाथीभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना  दन्तकाली लगायत शक्तिपीठमा बिहानैदेखि दुर्गा सपातसती पाठ गरी देवीको आराधना गरिँदै छ।भक्तजनहरुको भीँड रहेको छ ।