धरान।धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक विहिवार सदस्यहरुले वहिस्कार गरेर मेयर हर्क साम्पाङले सार्वजनिक रुपमा माफि माग्नु पर्ने माग राखेका छन् । मेयर साम्पाङको बोलीमा लगाम लगाउनु पर्ने भनेर कार्य पालिका सदस्यहरु रुष्ट वनेका छन् ।

 सदस्य अनुप देवानले वैठकमा धरान –१७ स्थित सप्तरंगी पार्कको विषयलाई लिएर मेयरले  देवानलाई वैठकबाठ वाहिर जानु भनेर हप्काएपछि वैठक नै कार्यपालिका सदस्यहरुले वहिस्कार गरे । वैठकले कुनै निर्णय गर्न सकेन ।तर मेयर हर्क साम्पाङले उनको आधिकारिक फेसवुक पेजमा“आइन्दा एकल निर्णय गरेर बढ्नेछु ! झ्यास झुसमा अल्झेर हुँदैन मैले ! तोक आदेश – जिन्दावाद !”स्टाटस पोष्ट गरेपछि मेयर र कार्यपालिका सदस्यवीच झनै दुरी वढ्ने संभावना देखिन्छ ।निर्वाचित भएर आएदेखि नै दलीय संयन्त्रबाट आएका र मेयर वीच जुहारी भने चल्दै आएको हो ।

विहीबारको कार्यपालिका वैठकमा मेयरको रुखो वोली र वैठकमा सहभागि कार्यपालिका सदस्यलाई नै वाहिर जानु भन्ने शव्दका कारण मेयर राइले शिष्टचार र कुटनीतिक ज्ञान नभएको भनेर विश्लेषण गर्न थालिएको छ । जस्ले गर्दा उनी सरकारको प्रमुख भएर शिष्टता र कुटनीतिक ज्ञानको विषयमा अपरिपक्व भएको धरानका राजनीतिक विश्लेषकको वुझाई रहेको छ ।राजनीतिक विश्लेषक प्रा.डा राजेन्द्र प्रसाद शर्माले मेयरले तानाशाही लाद्न खोजेको वताए । उनी स्वतन्त्रबाट आएकाले मेयर राईमा हिनतावोध समेत वढ्दै गएको प्रा.डा. शर्मा वताउँछन् । उनले भने,“एमालेका सदस्यहरु र मेयरवीच शुरुवाती अवस्थादेखि नै तनाव वढ्दै आएको हो,पछिल्लो समय मेयरको ज्याजदती झनै वढ्दै गयो,जन निर्वाचित मेयरले गर्ने व्यवहार यो होइन,उनी हिनतावोध भई तानाशाही प्रवृति तर्फ उन्मुख हुदैछन्।”मेयर राई सामाजिक सन्जालमा पोष्ट गरेको तोक आदेशको संवन्धमा प्रा.डा.शर्मा एकल निर्णय धरान उमहानगरपालिकाको नगर सभाले पारित गर्न नसक्ने वताउँछन् । मेयरले भने जस्तो तोक आदेशबाट गरेका कार्य र निर्णय उनको एकल निर्णय हुन सक्छ र नगर सभाका कारण उक्त निर्णय आफैंलाई गलपासो हुने शर्माको धारणा रहेको छ।

स्थानीय सरकार सन्चालनको ऐनले धरानको मेयरलाई एकल निर्णय गर्ने र सन्चालन गर्ने अधिकार  दिएको छ,तर मेयरले गरेको निर्णयहरु नगर सभा मार्फत पारित गराउनु पर्छ , नगर सभाले वदर गराउने अधिकार राख्ने भएकाले मेयर आफैं वेरुजुमा पर्ने दखिने प्रा. शर्मा वताउँछन् । पुर्व मेयर तिलक राई मेयरले तोक आदेश अर्थात एकल निर्णय गरेर उपमहानगरपालिका सन्चालन गर्न खोज्नुलाई जनमतको कदर र गणतन्त्रको मर्मलाई उपह्रास गर्न खोजको वताउँछन् । उनी भन्छन्,स्थानीय सरकारमा सवैको  प्रतिनिधित्व,सहभागिता,समन्वय,सहकार्य गरेर अघि वढ्नु जरुरी छ ।

मेयर आफैं एक्लै उपमहानगरपालिका सन्चालन गर्ने नभई कर्मचारीको समेत सहयोग चाहिने भएकाले तोक आदेशबाट मेयर अघि वढे कर्मचारीको पनि सहयोग नपाउने राई वताउँछन् ।नेकपा एमालेका संसदीय दलका नेता नरेश इवारुमले नगर प्रमुखलाई धरान उपमहानगरपालिका सन्चालन २०७४ को कार्यविधीमा केही सहज चाहिँ छ तर त्यसमा प्रमुख प्रशासकीय अधिकृत,महाशाखा प्रमुख राखेर कार्य विधी चाहिँ छ । तर स्थानीय सरकारमा  भएपछि नगरसभाबाट पारित गर्नु पर्ने भएकाले मेयरलाई भोली गएर कानुनी झन्झट व्यहोर्नु पर्ने अवस्था सृजना हुन सक्ने इवारमको तर्क रहेको छ ।   

कानुन व्यवसायी पदम इस्वोका अनुसार मेयरले आवेगमा आएर तोक आदेशमा उपमहानगर चलाउँछु भन्नु आफ्नो खुट्टामा आफैं वन्चरो हान्नु सरह भएको वताउँछन् । कानुन त अधिकार भएपनि व्यबहारिक पाटो फरक भएकाले आउने दिनमा अप्ठेरो पर्न सक्ने इस्वोको भनाई छ । उनले भने“,तोक आदेशबाट अधिकार त हुन्छ,तर कार्यपालिकाबाट अनुमोदन गराउनु पर्छ,भोली त कानुनी रुपमा अप्ठयारो स्थिती हुन्छ,यो मेयरको आवेगपन मात्रै हो।”

 विहीवार कार्यपालिका वैठकमा के भएको थियो ?

कार्यपालिका सदस्य अनुप देवानले धरान–१७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले धारणा राख्ने क्रममा  पहिलाकै डिपिआर अनुसार काम अघि बढाउनुपर्ने धारणा राखे।तर मेयर साम्पाङले देवान वोल्दा वोल्दै वीचमा काटे । मेयर र कार्यपालिका सदस्य वीच भनाभन उनले ,“तपाई अरुको भोट नमाग्नुस,तपाई बस्नुस् भनेपछि अन्य सदस्यहरुले मेयरको विरोध गरेका थिए । कार्यकक्षभित्रै ‘मेयर राजा हो, बोल्ने अधिकार अरुलाई हुदैन’ भन्दै वडाध्यक्षहरुले मेयरलाई प्रश्न राखेका थिए ।

यस विषयमा धरान १७ का वडाध्यक्ष एवम् प्रवक्ता सूर्य कुमार भट्टराईले कार्यपालिका बैठक चल्दाचल्दै बीचैमा मेयरले तपाइ नबोल्नुस् चुप लागेर बस्नुस भनेपछि तनाव उत्पन्न भएको बताए । उनले भने–‘कार्यपालिका वैठक चल्दै थियो, आठौ नम्बर एजेन्डामा प्रवेश गरेका थियौ, आठौ नम्बर एजेन्डामा धरान १७ मा रहेको सप्तरंगी पार्कलाई मेयर सावको एजेन्डामा वहुसाँस्कृतिक पार्क बनाउने विषयमा नगरपालिका सदस्य अनुप देवानले कुरा राख्दै हुनुहुन्थ्यो, धरानलाई हामी पर्यटकीय सहर बनाउने हामी परिकल्पना गरिरहेका थियौ ’ यही विषयमा प्रवेश गर्दा तनाव भएको हो ।’ उनले भने–‘‘कार्यपालिका सदस्य देवानले कुरा राखिराखेको समयमा मेयर साम्पाङले तपाई बस्नुस् भने देवानले आफूले कुरा राख्न पाउनुपर्छ भनेपछि मेयरले प्रतिवाद गर्दै तपाई निस्केर बाहिर जानुस् भने पनि नगरसभा विथलिएको हो ।’

उनले नगरप्रमुख जस्तो जिम्मेवार व्यक्तिले नगर कार्यपालिकाका सदस्यहरुलाई निस्की, जा, आइज भन्ने कुरा सोभनीय नभएको बताउदै प्रवक्ता भट्टराईले कार्यपालिका सदस्यमाथि रुखो व्यवहार गरेर अपमान गरेकोले  सबैले विहीबारको वैठक बरिष्कार गरेको बताए ।