धरान ।यसपालीको दशैंमा खसी बोकाको मुल्यमा गिरावट आएको किसानहरुले गुनासो गरेका छन् ।
खसी बोका वजार मुल्य कम भएको गुनासो गरेका हुन् । मुल्यमा कमी भएपछि किसानहरु मर्कामा परेको वताएका छन् ।किसान मार्फत गत वर्षको भन्दा कम मुल्यमा खरीद विक्री भएको छ। गत बर्ष जिउँदो खसी बोकाको मूल्य ६ सय ५० रुपैयामा बेचेका उनीहरुले यस बर्ष प्रतिकेजी ५ सय रुपैयामै उपभोक्ता तथा व्यापारीहरुले खोज्ने गरेको धरान २० विष्णुपादुकाका कृषक कृषक योगबहादुर राईले बताए । उनले भने–‘पोहोर सालको दशैमा जिउदो खसी बोका केजीको ६ सय ५० रुपैयामा विक्री गरेका थियौ,यसपटक भने ६ सय रुपैयामै बेच्य बाध्य भयौ ।’खसी बोका बिक्री गररे दशै मनाउने सोचमा कृषि बजार आएका अर्का कृषक भिमबहादुर राइको भनाइ पनि योगबहादुरकै जस्तो थियो । गत बर्षको जति मूल्य नपाउँदा आफूले सोचेको जस्तो नभएको उनले बताए । उनले भने–‘जे सोचेर आएको थिएँ, त्यो अनुसारको मूल्यचाहिँ पाइएन, तर ल्याएका सबै खसी बोका बिक्री भयो, फर्काएर लानु परेन ।’
यही बजारबाट खसी खरिद गरेर पूर्वका विभिन्न स्थानमा लगेर विक्री गर्ने व्यापारीहरु समेत यस बर्ष चिन्तित छन् । खसी बोकाको मूल्य कम हुँदा सोचेजस्तो मुनाफा गर्न नसक्ने उनीहरु सुनाउँछन् । खसीबोका भन्दा पनि व्यापारी धेरै भएका कारण समस्या आएको उर्लाबारीका व्यापारी रवि खड्का बताउँछन् । । उपभोक्ताले आफूले खरिद गरेको भन्दा कम मूल्यमा खोज्ने भएकोले पनि समस्या भएको उनको भनाई थियो । उनले भने–‘जति सस्तोमा खसी बोकाको खरिद विक्री हुन्छ, व्यापारीहरुलाई पनि कम मुनाफा हुन्छ ।’ उनले गत बर्षको जस्तो फाइदा नभएको बताए ।
सस्तो मूल्यमा खसी बोका खरिद गर्न पाउदा उपभोक्ताहरुलाई भने खसी देखिएका थिए । धरान ८ का केशर बस्नेतले खसी बाख्रा प्रसस्त आएकै कारण उपभोक्ताले सस्तो मूल्यमा खरिद गर्न पाएको बताए । उनले भने–‘गत बर्ष २० केजीको खसी १३ हजारमा खरिद गरेको थिए, अहिले त्यति नै केजीको खसी १२ हजारमा खरिद गरे, गतबर्षको भन्दा १ हजार कममा पाइयोे ।’
यो बजारमा कोशी करिडोर प्रदेश १ कै मुख्य पहाडी क्षेत्रबाट खसी बोका कृषक तथा व्यापारीले विक्रीका लागि ल्याउने गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष खरिद विक्रीमा २५ प्रतिशत भन्दा अधिक भएकोे कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार गत बर्षको दशै अवधिभर ३ हजार थान खसी बोका विक्री भएको बताउदै त्यसबेला २ करोड बराबरको कारोबार भएको थियो । तर योे बर्ष अन्तिम शुक्रबारमात्र ४ हजार थान खसी बोका भित्रिएको बताए । उनले शनिवार पनि खरिद विक्री हुने भएकोले ५ हजार थान खसी बोका विक्री हुन सक्ने र साढे ५ करोड भन्दा माथिको करोबार हुने अनुमान रहेको बताऐ । उनले यो बर्षको दशैभरिमा ८ करोड मूल्य बराबरको खसी बोका कारोबार हुने अनुमान रहेको बताए । ।
कृषि क्षेत्रमा युवाहरु आकर्षण बढ्दै गएको र पशु फार्महरु पनि प्रसस्त सञ्चालन भएकाले यस बर्ष खसी बोका कृषि बजारमा अत्याधिक भित्रिएको अनुमान कृषि बजारले लगाएको छ । यस बजारमा प्रदेश नं १ का पहाडी जिल्लाबाट खसी बोका भित्रिने र यहाँ भारतसम्म जाने गरेको कृषि बजारले जनाएको छ ।