धरान । आज विजयदशमीको फुलपाती । धरान वडा नम्बर १४ स्थित विजयपुरमा रहेको दन्तकालि शक्ति पीठमा फुलपाती भित्राइएको छ । 

310013972_499832388335536_8576756526393930276_n

नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी,जन प्रतिनिधी र सर्वसाधारण  सहित  विजयपुर वुढा शुव्वा, पिण्डेश्वर मन्दिर लगायतको परिसर परिक्रमा गरी पुनः दन्तकाली मन्दिरमा फुलपाती ल्याएर भित्राइएको हो ।  दन्तकाली मन्दिरबाट बिजयपुर चौक, बुढासुब्बा मन्दिर हुँदै पिण्डेश्वर मन्दिर नजिकै रहेको बेलको रुखबाट नवपत्र उठाएर विशेष पुजा आज गरि  डोलीमा बोकेर फुलपातीलाई हर्ष उल्लाससाथ मन्दिरमा विधि पुर्वक भित्राइएको छ । विजयपुरका सर्वसाधारणले समेत फुलपाती मन्दिरमा चढाएका थिए । 

309101517_428360475882836_1554422018166202204_n

दन्तकालि मन्दिरलाई  कालिकाका नामले चिनिने गरिन्थो । भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको जन बिश्वास रहि आएको पाइन्छ ।

310409658_3187198301590218_6097686211254457747_n

मन्दिरमा शतिदेबीको दन्त उक्त मन्दिरमा देख्न पाईन्छ । यो मन्दिरमा बोका, राँगा हास आदिको बली दिने चलन छ । दन्तकाली मन्दिरमा दशैंको नौरथामा नौरथा मेला लाग्ने गरेको छ  भने  धरानको बुढासुब्बा र पञ्चकन्या मन्दिरमा दशैंको नौरथामा विशेष रुपमा पुजा गरिन्छ । 


309709229_1828623747483384_591458078125858223_n