धरान । धरान उपमहानगरपालिकाले आइतबार दिउँसो धरान ८ स्थित वरगाछीको फोहार उठाएको छ । 

सडक आसपासमा वोरामा फालिएको फोहोरलाई दिउँसो उपमहानगरले उठाएको हो । धरान लाइभमा समाचार आएपछि फोहोर उपमहानगरका उप मेयर आँइन्द्र विक्रम वेघाले तत्कालै फोहोर उठाउन सफाई मजदुरलाई निर्देशन दिएका थिए। 

धरान उपमहानगरपालिका वातावरण शाखा प्रमुख भेषराज  घिमिरेका अनुसार अरुवेला भन्दा चाड पर्वमा फोहोर दोव्वर हुने भएकाले समस्या भएको वताए । धरान ८ स्थित वरगाछी सडक आसपासमा रहेको फोहोर विहान उठाउनु पर्ने भएपनि मध्यान्ह सम्म उठ्न सकेको थिएन् ।  

फायल तस्वीर