धरान । ६३ वर्ष  उमेर भएको छ । तर उहीँ जोँस जाँगरले पुर्ण छन्,भीम राई । उनलाई आफ्नो भन्दा पनि तिनै २७ जना छोरा छोरीको चिन्ता छ,उनीहरुको खुशीमा रमाउँदै २५ वर्ष देखि निरन्तर समर्पित रहेका छन्,उनी र उनको श्रीमती । 

310457695_1500991170323764_4975747136162240363_n

राई दम्पती धरान–२ स्थित पुर्नःस्थापनामा हुन्छन्। तिनै अनाथ बालवालिकाको सेवामा समर्पित रहेका छन् ।ती अनाथ बालबालिकाको अभिभावक वनेर सेवा गर्दै आईरहेका छन् ।पुर्वको विभिन्न स्थानबाट अनाथ वालिका त्यहाँ छन्। जस्को आमा बुवा छैनन्,जो सहारा विहीन छन्, असक्त रहेका छन् अनि गरिवीका कारण जीवन यापन गर्न नसकेका त्यस्ता वालवालिका सहितलाई आश्रय दिएर लालन पालनदेखि उनीहरुको भविष्य उज्यालो वनाउनको लागि राई दम्पती अहोरात्र परोपकारी भावानाले अग्रसर छन् ।

310060339_402589735213491_3302853809311369671_n

२५ वर्षदेखि दुःखी,गरिव,असक्त र अनाथहरुको जीवनलाई उज्यालो वनेर अभिभावकको भुमिका निर्वाह गर्नु पाउँदा  खुशी लागेको राई वताउँछन्। उनी भन्छन्,“आनन्द लाग्छ,मेरा छोरा छोरी हुन्,उनीहरुको जीवनमा खुशी दिन पाएको छु,मलाई यही नै आत्मा सन्तुष्टि मिलेको छ,जस्ले आज साहारा पाएका छन् अनि जीवन वनाएका छन्,बावुआमाको सन्तुष्टि छोराछोरीको खुशी हो।”अहिले सम्म राई दम्पतीले हजारौ त्यस्ता अनाथहरुको लागि सेवा गरेका छन् ।

310518462_839563723884869_4431904447451172856_n - Copy

त्यहाँ आश्रित वालवालिकाले शिक्षा समेत पाएका छन्। सीप र सृजनाका धनी वनेका छन् अनि अहिले आत्मा निर्भर भएर वाँचेका छन् । उनको त्यो परोपकारी मानवीय सेवाको लागि धरान लगायत देश विदेशबाट सहयोग पनि आउने गरेको छ। कसैको जन्म दिन लगायतको अवसरमा व्यक्ति तथा सामाजिक संघ सस्था लगायतले उनले गरेको त्यो परोपकारी काममा सहयोग गर्ने गरेका छन् । उनका अनुसार कोही वेला सहयोग नआएको वेला उनकै छोरा छोरीबाट सहयोग प्राप्त गरि त्यहाँ आश्रितहरुलाई सहयोग गर्दै आइरहेका छन् । 

310303070_469562668453406_36305623373450038_n

राज्यद्धारा वेवास्ता 

धरान–२ स्थित छाताचौकको पुरानो अस्पतालमा पुनःस्थापना गृह छ । जीर्ण अवस्थाको भवनमा अनाथहरुलाई सेवा दिएका छन् ।जीण भवनमा त्यहाँ वस्नको लागि कष्टर नै छ । दाताहरुको सहयोगबाट नै चलेको गृह आज सम्म दीर्घकालिन रुपमा व्यवस्थित भवन छैन। राई भन्छन्,“राज्य उदाशिन छ,दःखी गरिबको लागि सरकार छैन,सरकारको आँखा छैन, यहाँ हुने खानेका लागि सवै थोक छ,तर असहाय,असक्त र दुखीहरुको लागि कोही छैन।”तर असहाय बालबालिकाकाको सहयोग गर्ने नीति राज्यबाट नभएकै कारण व्यक्तिबाट गर्नुपर्ने अवस्था आएको बताउँदै  उनीहरुको अभिभावक राज्य भएकोले एक दिन एक दिन हेर्न करै लाग्ने आशा समेत व्यक्त गरेका छन् ।  

गृहमा नै दशैको टिका 

310457695_452144343747587_8126312236124909312_n

सबैले मान्यजनहरुसँग टिका जमरा लगारहदा गृहमा सबै असहाय तथा बालबालिकाहरु गृह प्रमुख भीम राईसँग टिका लगाउन व्यस्थ थिए । २७ जनाको एक्लो अभिभावक भएर आश्रित छोराछोरीलाई भावुक भएर टिका लगाएर आर्शिवाद दिए । विगत २५ बर्षदेखि राईल दशै यसरी नै मनाउदै आएका छन् ।त्यहा रहेका असहाय बालबालिका तथा वृद्धबृद्धलाई टिका लगाउनुभन्दा पहिले उहाँले दाताहरुलाई फेसबुक लाइभ गरेर धन्यवाद दिए । उनले देश तथा विदेशमा रहेका सहयोगी दाताहरुले पढाइदिएको लत्ता कपडा, खाद्यान्न लगायतका सामाग्रीले यहाँका बालबालिकालाई दशै सम्भव भएको भन्दै सबैको दशै शुखद् रहोस् भन्ने शुभकामना दिएका छन् । गृह प्रमुख राईकोे सहयोगी मनकै कारण असहाय बालबालिका यो गृह आश्रय स्थल बनेको छ ।