काठमाण्डौ । निरन्तर वर्षा  आउने शनिवबार सम्म रहने मौसमविदले वताएका छन् ।

आज पनि देशैभरी भारी वर्षात भइरहेको छ । पश्चितमी क्षेत्रमा भारी वर्षा भइरहेको छ भने १ नम्बर प्रदेशमा पनि वर्षात छ भने दशैमा सावधानी अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।  वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ । आज पनि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ  ।