धरान । दशैको वेला सवारी साधानको अभावको मार यात्रुले खेप्नु परेको छ भने यही मौका छोपेर अटो(टेम्पो) ले भने मनपरी भाडा असुल्ने गरेको छ ।धरानको भानुचौकमा यात्रुलाई सास्ती भएको छ भने यात्रुहरु अटोको मार खेप्न वाध्य छन् ।
भानुचौकको वसपार्कमा पुर्व जाने तथा पहाडी क्षेत्र जाने यात्रुहरुलाई दाहोरो सास्ती भएको यात्रहरुले गुनासो गरेका छन् । कोशी सडक खण्ड अन्र्तगत पहाडी क्षेत्र जाने यात्रुलाई सवारी साधान अभाव हुदा सास्ती खेप्नु परेको हो । यात्रुहरु सवारी साधान अभावमा भानुचौकको वसपार्कमा अलपत्र परेका छन् । पहाडी क्षेत्रमा वर्षाका कारण पनि सवारी साधानलाई आवात जावत गर्न समस्या भएपछि यात्रुलाई दशैंमा टिका लगाउन जान समेत अप्ठ्यारो परेको छ । काठमाण्डौबाट धनकुटाको लेगुवा पुर्खौली घरमा टिका लगाउन हिडेका प्रदीप विष्ट धरानमा आएपछि विहान अलपत्र परेको वताए । उनले भने,काठमाण्डौबाट विहानै आइपुगे,पहाडी क्षेत्र चल्ने स्टेनमा आउँदा वस नै पाईन,दुई घण्टा भन्दा वढी भयो गाडी पाउने संभवाना नै छैन।उनी मात्रै होइन अरु यात्रु पनि यस्तो सास्ती भोग्न वाध्य छन् । एकातर्फ बर्षादको समस्या अर्कोतर्फ सवारी साधन नपाउने समस्याले उनीहरुलाई समस्या भएको थियो ।
सवारी साधन पर्याप्त नभएकै कारण टेम्पोले समेत मनपरी भाडा असुलेर गन्तव्यमा पु¥याउने गरेको यात्रुहरुले गुनासो गरे । विष्ट भन्छन्–‘बस छैन, टेम्पोले जाने हो भन्छ, धनकुटासम्मको ५ रुपैया भाडा छ, उसले प्रतिगोडा १ हजारमा लान्छु भन्छ ।’
यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाले दशैंको समयमा अहिलेकोमात्र नभई सधैको समस्य भएको बताए । उनले भने–‘पहाडी क्षेत्रमा चल्ने बस दशै भन्दा अगाडि १ सय भन्दा कम थिए, अहिले सवारी चापलाई हेरेर पहाडी क्षेत्रको रुपमा २ सय थपेर तीनसय वटा भएपनि अझै पर्याप्त भएन, यसको मुख्य कारण दुई कोरोनाका कारण दशैको समयमा आफन्तकोमा टिका ग्रहण गर्न जान पाएका थिएनन्, यस बर्ष भने खुकुलो भएको मौका पारेर सबै जाँदा समस्या भएको हो ।’
यता व्यवसायीहरुले भने पहाडी क्षेत्रको सडकको अवस्थालाई दोष दिने ग रेका छन् । व्यवसायी सरोज श्रेष्ठले यातायात कम हुनुको कारण हिलो भएका बताए । उनले हिलोका कारण धेरै गाडीहरु उतै फसेको बताए । उनले यस विषयमा सामाजिक सञ्जालमा समेत प्रष्टाएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्–‘ दशैको बेलामा यात्रुको चाप अत्यधिक हुनु स्वभाविक हो तर पहाडी सडकको अवस्था कमजोर भएकोले दुइ दिनको बर्षाले ग्रामीण सडक हिलाम्मे भएका कारण सवारी संचालनमा सास्ति र गन्तव्य सम्म पुगेका गाडि बाटोका कारण फर्किएर आउन नसकेकाले भानुचौक पहाडि बसपार्कमा सवारी साधनको केहि अभाव देखियो ।। सवारी साधन पर्याप्त भए पनि बाटो समयमा मर्मत नगरि दिदा बाटोका कारण धेरै गाडि पहाडि ग्रामिण रुटमा थन्किदा ब्यवसायी तथा मजदुर मारमा जस्का कारण यात्रुलाइ पनि सास्ति ।।।’
फोटो ः धरानको भानुचौकमा अलपत्र यात्रु । सरोज श्रेष्ठको फेसवुकबाट साभार