दशैंमा जमरा किन प्रयोग भाको होला ? के त्यो कानमा सिउरिन हो ? हैन । वास्तवमा जमरा खानका लागि प्रसादका रूपमा दिईएको हो । पाॅच दिन लगातार जमरा चबाएर रस खानाले वर्ष दिन भरि शरिरमा थुप्रिएका टक्सिनहरू हट्ने, क्यान्सरका कोशिकाहरू निर्मुल हुने गर्दछन् ।
जमराको जुसमा उपचारात्मक, चिकित्सकीय तथा रोग निको पार्ने गुण हुन्छ । क्लोरोफिल, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी र इ को ठूलो स्रोत मानिएको जमरामा म्याग्नेसियम, पोटासियम, आइरन, जिन्क, कपर, सेलेनियम र थाएमिन पाइन्छ ।
यो रस सेवन गर्नुका मुख्य फाइदा यस्ता छन्ः
१. प्राकृतिक रुपमा उर्जा दिन्छ
स्वास्थका दृष्टिकोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिकरुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ ।
तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन ।
२. रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ
शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित लड्न अझ धेरै उर्जा प्रदान गर्छ ।
त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।
त्यस्तै, यसमा रातो रक्तकोषिकाको वृद्धि गर्ने क्षमता रहेको हुन्छ, जुन रोग प्रतिरक्षाका लागि निकै आवश्यक छ ।
त्यस्तै, यसमा पाइने ‘भिटामिन सी’ तथा ‘भिटामिन ए’ लगायतका तत्वले रुघा, खोकी, ज्वरो तथा केही गम्भीर प्रकारका रोगसित लड्ने शक्ति प्रदान गर्छ ।
सन् २०१३ मा ‘जर्नल अफ बायोलोजिकल केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार उमारेको गहुँको जुसले रोग प्रतिरोधात्मक क्षमता सक्रिय पार्ने गुणहरु रहेको हुन्छ ।
३. मोटोपना हटाउँछ
मधुमेह, मुटु रोग लगायतका विभिन्नखाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न जमराको जुस सेवन गर्नु उपयुक्त मानिन्छ ।
गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तुलनमा राख्ने तत्व, थाइराइड ग्रन्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइराइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ ।
यसमा पोटासियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रकृया) बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ ।
बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।
४. रगतमा चिनीको मात्रा कायम राख्छ
प्रत्येक दिन जमराको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पुर्याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।
यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पुर्याउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्याउँछ ।
५. मुटुमा लाभदायक
प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी (आर्टरी) कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ ।
यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तनलीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभावकारी पनि मानिन्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोलस्ट्रोरलाई नियन्त्रणमा राख्छ
वासुदेव बरालको फेसवुकबाट साभार