धरान । गएराती गएको पहिरोले एकै परिवारका १८ महिनाको नाबालिका सहित ३ जनाको मृत्यु भएको छ ।
काठमाण्डौको चन्द्रागिरि नगरपालिाका वडा नं २ देउरालीमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको ज्यान गएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए। ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथीको ज्यान गएको प्रहरीले जनाएको छ ।