कठमाण्डौबाट तेह्रथुम हिडेको रात्री बस आज दिउँसो धरान ४ मा आगोलागी भएको छ । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ ।

न ६ ख ७६९० को मितेरी ट्राभल्सको गाडीमा ३५ जना यात्रु सवार थिए । यात्रु सबै सकुसल रहेको भेडेटार ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।  यात्रुको चार वटा झोला भने पूर्ण रुपम जलेर नष्ट भएको छ । धरानबाट खटिएको दमकलबाट आगो नियन्त्रणमा लिएको  भेडेटार ट्राफिक प्रहरी कार्यालयका हवल्दार महेश श्रेष्ठले जानकारी दिए ।