अल्पसंख्यक तथा सामाजिक, राजनीतिक र व्यावसायिक क्षेत्रमा धरानमा बलियो उपस्थिति रहेको मुस्लिम समुदायले आइतबार निकालेको विश्व शान्ति ¥यालीले धरान सांस्कृतिक रुपमा अग्रणी छ भन्ने उदाहरण पुनः प्रस्तुत  गरेको छ । 

इस्लाम धर्मका अन्तिम सन्देशवाहक हजरत मुहम्मद को १५१ औं जन्मदिन धरानमा मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाएका छन् । ‘इस्लामको अर्थ शान्ति, शान्ति हाम्रो चाहना’ भन्ने नाराका साथ धरानमा मुस्लिम समुदायले शान्ति र्याली निकालेका छन् । 

Dharan_Muslim (2)

कोभिड संक्रमणका कारण विगत वर्षहरुमा उल्लासमय हुन नसकेको हजरत मुहम्मद सल्लल्लाहो अलैहो वसल्लमको जन्मोत्सव धरानमा भव्यताका साथ निकालिएको छ । 

Dharan_Muslim (7)

मुस्लिम समुदायका बालबच्चा, युवा, युवती र अगुवाहरुले पुरानो बजारस्थित गौधारमा भेला भएर नगर परिक्रमा गरेका छन् । मुहम्मद हजरतको १५१ औं जन्मदिनसँगै इस्लाम धर्मावलम्बीले आज १२ औं रविउल अव्वल शरिफ समेत मनाइरहेका छन् ।

Dharan_Muslim (3) 1

विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मदले प्रेरणा प्रदान गरेको स्मरण गर्दै धरानका इस्लाम धर्मावलम्बीले शुभकामना आदान प्रदान गरेको  धरानका मुस्लिम अगुवा मोहम्मद जफिरले बताए । 

Dharan_Muslim (8)

धरान मुस्लिम एकता समाजको  आयोजनामा  आइतबार धरानको  पुरानो बजारबाट र्याली निकालिएको हो । आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, मोहम्मद हजरतका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन रहेको मुस्लिम युवा नेता फिरोज अलीले जानकारी दिए ।

Dharan_Muslim (5)

मुस्लिम अगुवाहरुका अनुसार धरानमा मुस्लिमको जनसंख्या १८ हजार रहेको तथ्यांक छ ।  

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोबासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदायको उपस्थिति रहेको छ । 

Dharan_Muslim (6)

Dharan_Muslim (9)

Dharan_Muslim (4) 6