धरान । ताप्लेजुङको विभिन्न ठाउँमा जन्मेर सुनसरीको धरानलाई कर्म थल्लो बनाएर बसेका युवाहरुको पहिलो भेला धरानमा सम्पन्न भएको छ ।
भेलाद्धारा ताप्लेजुङ युवा समाज सुनसरी गठन गरेको छ ।नव गठित समितीको संयोजक दिपक (मंगल) अोख्राबू,सह–संयोजक सुरेन पालुङ्वा,सचिव भूपाल राई,सह–सचिव टिकाराम(होमनाथ) विश्वकर्मा,कोषाध्यक्ष चन्द्र प्रकाश तेम्बे,सह–कोषाध्यक्ष रेशु फेम्बो लिम्बू,प्रचार प्रमुख तथा प्रवक्ता–श्री दामोदर गुरागाईँ सर्व सम्मत रुपमा चयन गरिएको छ ।
त्यसै गरि भेलाले जन सम्पर्क प्रमुख नवीन पोमू,प्रशासन सम्पर्क प्रमुख राज कुमार थोप्रा,विधान मस्यौदा प्रमुखराजेन्द्र लङ्वा,समन्वय विभाग श्री सुरेश नेयोङ प्रवक्ता दामोदर गुरागाईले वताए । उनका अनुसार आफ्नो जन्म स्थानको माया र भातृत्व प्रेम कायय गर्दै संभावनाहरु,चुनौतीहरुको लागि हातेमालो गर्दै समाज रुपान्तरणमा केही सहयोग पुर्याउने उद्देश्यले समिती गठन गरिएको हो ।
अव चाडैं सस्था दर्ता गरि क्रियाशील हुने पनि वताइएको छ ।




















