मोरङ।मोरङको बिराटनगर स्थित ब्यापारीहरुलाई  धाक धम्कि दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका –२ का २९ बर्षीय रविन घिमिरे रहेका छन । घिमिरेले ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर(१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यसैवीच मोरङको बिराटनगर महानगरपालिका(१२ स्थितबाट प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक समानहरु बरामद गरेको छ ।

 सोमबार बेलुका बिराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को।१ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको बिभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव ४ लाख ७० हजार मुल्य बरावरका ईलेक्ट्रोनिक समान र भेनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ ।