मोरङ । सिरहा गोलबजार ३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कमला नगरपालिका६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका(५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो दिउसो बिराटनगरबाट उनिहरुलाई पक्राउ गरेको हो ।

उनिहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर ११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई  हत्या गरेको खुल्न आएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।