धरान।धरान उपमहानगरपालिकाका पुर्व जनप्रतिनिधी महिलाहरुको समुदाय स्तरमा निरन्तर क्रियाशील गराउनको लागि  पैरवी संवन्धी चार दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । 

 २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधी भएर ५ वर्ष कार्यकाल सकेका पुर्व जनप्रतिनिधी महिलाहरुलाई समुदाय स्तरमा निरन्तर रुपमा सक्रियता वढाउनको लागि पैरवी प्रशिक्षण सी लीड्स नेपालले गरेको हो । प्रशिक्षण कार्यक्रममा २४ जना पुर्व जनप्रतिनिधी महिलाहरु सहभागि छन् ।

सी लीड्सका सुनसरी कार्यक्रम संयोजक  राम सुन्दर मेहताले २०७९ सालको चुनावमा उम्मेद्धवार भएर पनि पराजित हुनु परेको र चुनावमा उम्मेद्धवार हुनुबाटै वन्चित भएका त्यस्ता पुर्व जनप्रतिनिधी महिलाहरुको आत्मबल वढाएर समुदाय स्तरमै क्रियाशील वनाउनको लागि प्रशिक्षण कार्यक्रम शुरु गरेको वताए ।

उनका अनुसार प्रशिक्षण पश्चात ३ वटा पैरवीमा सहभागिहरुले आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनु पर्ने छ । प्रशिक्षण विनोद विश्वकर्मा र यमुना गुरागाईले गर्दैछन् । 

यस अघि संस्थाले सुनसरीको भोक्राहामा पनि प्रशिक्षण दिएको छ । सी लीड्स नेपालका सुनसरी,मोरङ र झापाको अनुगमन मुल्याँकन  संयोजक तेजीलाल लामाको अनुसार कार्यक्रमबाट पुर्व जनप्रतिनिधीहरुको क्षमता विकास अभिवृद्धि भई पद विहीन भएर पनि समाजमा प्रभावकारी भुमिका निर्वाह गर्न सक्ने भएकाले निरन्तर रुपमा संस्थाले कार्यक्रमबाट सहयोग गर्दै जाने वताए ।