त्रिभूवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस धरान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच स्वास्थ्य बिमासम्बन्धी द्वीपक्षीय सम्झौता भएको छ । 

अब महेन्द्र बहुमुखी क्याम्पसका प्रत्येक विद्यार्थीले एक लाख रुपैयाँसम्मको स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने छन् । 

सोमबार सम्झौतापत्रम त्रिविका तर्फबाट रजिस्टार पेशल दाहाल र क्याम्पस प्रमुख दामोदर भण्डारी साथै बिपी प्रतिष्ठानका तर्फबाट रजिस्टार प्राडा सूर्य संग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले हस्ताक्षर गरेका छन् । 

क्याम्पसका सह प्राध्यापक गोपी खतिवडाका अनुसार लामो समयपछिको गृहकार्यपश्चात् स्वास्थ्य बिमासम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न गरिएको हो । यस स्वास्थ्य बिमाबापत् महेन्द्र क्याम्पस धरानमा अध्ययनरत प्रत्येक विद्यार्थीले वार्षिक  एक लाख रुपैयाँसम्मको स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने छन् ।