झापा।झापाको गौरादह नगरपालिका-८ स्थितमा आफ्नै भतिजा १५ बर्षीय हेमराज साहलाई गोली प्रहार गरी ३५ बर्षीय काका बिरन साह गोली लागि मृत अवस्थामा फेला परेका छन ।
हिजो साँझ ७ बजे गौरादह-८ जुरोपानीका बिरन साहले आफ्नै दाई उमेश साहको छोरा हेमराज साहलाई वाद बिवाद हुँदा गोली प्रहार गरी घाईते बनाई बिरन साह घरबाट भागेकोमा घर देखि १०० मिटर टाढा सुकुना खोला किनारमा कन्चटमा गोली लागि मृत अवस्थमा फेला परेका थिए ।
घाईते हेमराजको BNC अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ

तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले घटना स्थलबाट कटुवा पेस्तोल १ थान, म्यागजिन २ थान, गोलीको खोका १ थान र १५ राउण्ड गोली बरामद गरेको थियो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।