काठमाण्डौ ।  बावु आमा गुमाएर कष्टकर जीबन विताउन वाध्य काठमाण्डौको बालवालिकालाई काठमाण्डौ महानगरपालिका अभिभावक वन्ने भएको छ  । 

काठमाण्डौ महानगरपालिकाले बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने प्रकृया अगाडि वढाउने तयारी गरेको छ  

काठमाण्डौ महानगरपालिका सामाजिक विकास विभागले आज सूचना निकालेर त्यस्ता बालबालिका वा संरक्षकलाई वडा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

महानगरले महानगरभित्र स्थायी ठेगाना भएका आमा र बाबु दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितत गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बाबु र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बञ्चित भइ अरूको संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक वृत्ति प्रदान गर्ने जनाएको छ ।

महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गरेको वडा कार्यालयमा ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो ।