उदयपुर।उदयपुरको त्रियुगा नगरपालिका ्१५ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 शुक्रबार  बिहान साढे ९ बजे गिटि लोड गरी उदयपुरको सिद्रे तर्फ जादै गरेको प्रदेश २।०१।००१ त १०३३ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ का २२ बर्षिय बिकाश राई घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।