धरान । धरान उपमहानगरपालिका वडा नम्बर ४,५,६ र २० नम्बर वडामा किसानले बारिमा लगाएको फूल  बारीबाटै चोरी भएको छ । 

स्थानीयका अनुसार आज लक्ष्मि पुजाको दिन विक्री गर्न तथा घर सिंगार गर्न  र भाइ टिकाको दिन माइतीका लागि लगाइदिने फूल  बारिबाटै सयपत्री फुुल चोरी भएको हो ।

 ‘बारिबाट हसियाँले काटेर फुल लगेका छन्’ धरान ६ की प्रतिक्षा विसुुन्केले भनिन् ‘ आफुुले प्रयोग गर्न जोगाएर राखिएको फुुल चोरी भएपछि अब महंगोमा किनेर प्रयोग गर्नु पर्ने भएको छ ।

 धरानकै  निरमाया राईले पनि बिहान उठ्दा फुलको वोटको मात्रै देखेपछि चोरी भएको थाहा पाइन् ।

आज फुल काटेर लक्ष्मी पुजा र भाइटिकाको लागि जोहो गरेको फूभोरी भएपछि चन्तिा थपिएको छ । बारिबाटै राती फुुल चोरी भएछ,अब आफुुले किनेर प्रयोग गर्नु पर्ने अबस्था आयो ।

स्थानीयका अनुसार धरानको ४ र ५ नम्बर वडामा पनि फुुल चोरी भएको छ । 

धरान २० की प्रतिमा तामाङले पनि गाउमा फुुल चोरी भएको बताईन । चोरले आफुुले प्रयोग गर्न मात्र नभएर बेच्नका लागि फुुल चोरी गरेको प्रतिमाको भनाई छ ।

फायल तस्वीर