उदयपुर।उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका(१ स्थितमा प्रदेश १,०२,०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ घाईते भई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

यसै गरी साँझ साढे ७ बजे कटारी नगरपालिका ११ स्थित सगरमाथा राजमार्गमा अनटेष्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक कटारी ११ का २४ बर्षीय यम्बर बहादुर श्रेष्टको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैवीच झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका(३ स्थितमा चेक जाँचको क्रममा मे।५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका ९ झापाका २६ बर्षीय अजय माझी र २८ बर्षीय अर्जुन राजबंशीलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको  छ  भने अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका(११ स्थित चिया बगाउन छेउमा संकित अवस्थामा रहेका अर्जुनधारा(११ का  ३४ बर्षीय दिनेश दर्जी र ३८ बर्षीय राज कुमार कार्कीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भए संगै  पक्राउ गरेको  हो । ब्राउन सुगर सहित पक्राउ परेका चारै जनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।