– नेपाल एसिया प्रशान्त क्षेत्रको अफगानिस्तान पछिको सबैभन्दा कंगाल देश हो। यो तथ्यांकले अहिलेसम्म सत्तामा हुने दलहरुलाइ पोल्छ पोल्दैन ?

 

– नेपालको पासपोर्ट दुनियाँमा सबैभन्दा कमजोर १० मा पर्छ। कमजोर पासपोर्ट अर्थात नेपाली पासपोर्टधारीलाई भाग्छ कि लुक्छ कि भनेर जहाँपनि केरकार हुन्छ। यो तथ्यांक हेर्दा अहिलेसम्म सत्तामा हुने दलहरुलाई पीडा हुन्छ हुन्न ?

 – दलको दलदलले यस्तो भएको छ कि( दक्षता भन्दा दलिय आड जागीरको प्रमुख मापदण्ड छ। यो यथार्थले सबै आजित छन् । मौका पाउनासाथ देश छोड्ने सबैको मनसाय छ। बेरोजगार बिकराल छ। महगी आतंक छ। शिक्षा र स्वास्थ अत्यन्तै महगो छ। बिजोग छ। यो अवस्था हेर्दा अहिलेसम्म सत्तामा हुने दलहरुलाई लोकतन्त्र आएकै छैन। न्याय आएकै छैन भन्ने लाग्छ लाग्दैन ?

 यी सबै हुँदाहुँदै फेरि चुनावी घोषणापत्रमा  ठूलो गफ दिन कसरी नैतिक बल आएको ?