धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पताल सेवा तर्फको ब्यबस्थापन भद्रगोल अबस्थामा पुुगेको छ ।

प्रतिष्ठानको ओपिडी सेवा तथा आकस्मिक सेवातर्फ बाट प्रबाह हुने सेवा प्रबाह निकै अब्यबस्थित हुन थालेको छ ।

केही हप्ता अगाडी प्रतिष्ठानको ल्याब रिपोर्ट अब विरामीले वार्ड मै पाउने भन्दै प्रतिष्ठानले प्रचार गरेको थियो ।

तर दुुई घण्टामा आउने सामान्य रिपोर्ट लिनपनि विरामीले एक दिन कुुर्नुु पर्ने अबस्था छ भने सामान्य भिडियो एक्सरे गर्न हप्ता दिन देखि एक महिना सम्म को डेट लिनुु पर्ने अबस्था छ । सामान्य अप्रेसनपनि दुुई तिन महिना कुुर्न विरामी बाध्य भएका छन् ।

रोचक पक्ष चै के छ भने यदी पेइङ (महंगो पैसा तिरेर लिइने सेवा) चै तत्कालनै उपलब्ध हुुने गरेको छ । हर्निया दुुखेर उपचार गर्न आएका उदयपुुुरका विरबहादुर खड्काले डाक्टरले तिन महिना पछि आउनुु भनेर समय दिएको बताए ।

पेइङमा भने आजै हुन्छ तर जनरल बाट हो भने तिन महिना पछिको समयमात्र हुने जानकारी डाक्टरबाट आएको उनले बताए । उसो छ प्रतिष्ठानको इमरजेन्सीपनि यति अब्यबस्थित छ की विरामी बोक्ने ट्रलीपनि पाउन मुुस्किल छ ।

जिम्मेवारी प्रति बफादार भएर सुुधार गर्ने हो भने विरामी देखि सबै कुरा राम्रो सँग ब्यबस्थापन गर्न सकिने अबस्था हुुदा हुदै पनि प्रतिष्ठान ब्यबसथापनले चासो देखाएको छैन । प्रतिष्ठानको इर्मेजेन्सीका नर्स तथा डाक्टरसँग विरामी वा विरामीका आफन्तले बोल्दा मात्रैपनि गाली गर्ने गरेको विराटचौकबाट सासुु आमा लिएर उपचारमा आएकी रमा कार्कीले बताइन ।

मैले स्लाइन लगाएको ठाउबाट ब्लड आयो सिस्टर भनेर एक जनालाई भनेकी थिए उनले मलाई मलाई सिस्टर भन्ने भन्दै गाली गरिन्,रमाले भनिन् उनी डाक्टर रहिछन्,सिस्टर भनेकै भरमा मलाई गाली गरिन् ।

पत्रकार सन्तोष काफ्लेले आफ्नो फेसबुुक मा शनिबार अपराह्नको एउटा तस्विर पोस्ट गरेका छन् । त्यसमा पनि इमेर्जेन्सीको भद्रगोल अबस्थालाई देखाउछ । यसले धरानका जनतालाई गिज्याइ रहेको छ । देशको गहना कुुरुप देखिन थालेको छ । बेलैमा सुधार नभए प्रतिष्ठान धेरै दिन पक्कै टिक्दैन ।

प्रतिष्ठानमा सेवा लिन आएका यमबहादुर पुुरी (इटहरी)ले धरान लाईभ सँग गरेको गुुनासो ।