मोरङ / विराटनगर–१४ को डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा प्रविधिको प्रयोगलाई विशेष ध्यान दिइएको छ । 

विशेष प्रविधिको बनाउने उद्देश्यले एक्स्पोलाई क्याँसलेस, पेपरलेस र भर्चुअल एक्स्पोका रुपमा चित्रण गरिएको छ । एक्स्पोमा ईसेवाका माध्ययमबाट पनि सामान खरिद गर्न पाउने व्यवस्था गरिएको छ । एक्पोमा टिकट पनि इसेवाबाटै काट्न पाइने व्यवस्था गरिएको इसेवाले जनाएको छ । 

एक्स्पोमा राखिएको इसेवाको स्टलमा खेलका माध्ययमबाट पनि इसेवाको प्रयोग गरी कसरी समान खरिद गर्ने, बिजुली, पानीको बिल तिर्नेलगायतका विषयमा जानकारी दिने व्यवस्था गरिएको इसेवाकी सन्ध्या मण्डलले जानकारी दिइन् ।  

मण्डलका अनुसार एक्स्पोमा राखिएको इसेवाको स्टलमा अनलाइनको माध्ययमबाट इसेवाबाट कसरी भुक्तानी गर्ने भन्ने बारेमा जानकारी लिन दैनिक रुपमा ५ सय बढी अवलोकनकर्ताहरू आइरहेका छन् । पुस १० सम्म आयोजना हुने एक्पोमा दैनिक रुपमा आयोजना भइरहेका साँगीतिक, साँस्कृतिक कार्यक्रममा दर्शकको भीड लाग्ने गरेको आयोजकले जनाएको छ ।

बुधबार नीतिगत सबलीकरणमा जनशक्ति विकासको विद्यमान परिवेश र लेखाजोजा, नेपालको ऊर्जा नीतिका असमञ्जसता ः औद्योगिकीकरणलाई टेवा कि कच्चा पदार्थको निर्यात ? तथा प्रदेशमा पर्यटनको उज्यालो सम्भावना शीर्षकमा कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिएको आयोजकले जनाएको छ । बिहीबार भने गायक गिरिस खतिवडाको प्रस्तुति रहने छ । 

दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ । स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथरोपी हस्पिटल सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।

हस्पिटलले वार्षीकत्सवको अवसर पारेर पुस १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । बिहान ९ देखि साझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकत्सकहरूबाट स्वास्थ्य परीक्षण हुने अस्पतालका मार्केटिङ मेनेजर सन्जीब कोइरालाले  जानकारी दिए । शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुःखाई, घुँडा जोर्नीहरु दुख्ने, गर्दन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिगएको, स्पोर्टस् इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य हाड जोर्नी तथा नशासम्बन्धी रोगहरू उपचार हुनेछन् ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क जाँच हुनुको साथै शिविरमा आउने बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण हुनेछ । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीहरुलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने विरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ । विशेषज्ञ चिकित्सकहरू उपचार हुदै आएको स्पार्कमा बिना अपरेशन हानीरहित प्रविधिबाट उपचार गर्दै आएको छ ।

सातौं वार्षिकत्सवको अवसर पारेर रक्तदान कार्यक्रम पनि पुस १० गते राखेको हस्पिटलले जनाएको छ । प्रत्येक वार्षिकत्सवमा हस्पिटलले विभिन्न सामाजिक कार्यसँगै बिरामी मैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।