धरान / धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ ।

वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु गरेको हो । मंगलवारबाट शुरु भएको खेल सप्ताह अन्तर्गत ,क्यारेम वोर्ड प्रतियोगिता,चेस प्रतियोगित, म्युजिकल चियर,महिला चेस प्रतियोगिता, टेवल टेनिस प्रतियोगिता, र प्रतियोगिता सम्पन्न भइसकेको कलेजका प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत क्यारेमवोर्ड छात्रातर्फ लक्ष्मी गुरुङ प्रथम वनेकी छन् भने सरु रम्तेल दोस्रो वनेकी छिन् । प्रिति राईले तेस्रो स्थान हात पारेकी छन् । त्यस्तै क्यारेम वोर्ड प्रतियोगिताको छात्रतर्फ रिवाज कार्की प्रथम वनेका छन् भने सुजन भट्टराई दोस्रो वनेका छन् । प्रतियोगितामा धिरज लिम्वु तेस्रो भएका थिए ।

यसैगरी म्युजिकल चियरतर्फ प्रियंका श्रेष्ठले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन । दोस्रा स्थान भने यशोदा लिम्वुले पाएकि थिइन भने पुजा राईले तेस्रो स्थान ल्याउन सफल वनेकी थिइन ।

त्यस्तै छात्रा तर्फको चेस प्रतियोगितामा गीता राईले प्रथम स्थान ल्याउन सफल वनेकी थिइन भने अप्सारा राई दोस्रो वनेकी थिइन तेस्रो स्थान हेमु लिम्वुले ल्याृएकी थिइन । त्यसैगरी छात्रतर्फ रिवाज कार्कीले प्रथम स्थान ल्याउन सफल वनेका थिए । प्रतियोगितामा दिवस केवुहाङ लिम्वुले दोस्रो स्थान हात पारेका थिए भने प्रदिसान लिम्वु तेस्रो भएका थिए । यता छात्रा टेवल टेनिसतर्फ प्रियंका श्रेष्ठ प्रथम,लक्ष्मी गुरुङ दोस्रो र मुना धिमाल तेस्रो वनेकी थिइन । छात्रतर्फको टेवल टेनिस प्रतियोगितामा गौरव होडाले प्रथम स्थान ल्याएका थिए भने नविन कार्की दोस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरीने कलेजका उपाध्यक्ष तथा सिटी म्याराथन प्रतियोगिताका संयोजक राजेशमान श्रेष्ठले बताए । प्रतियोगिता अन्र्तगत वतृत्वकला प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता,फुटसल प्रतियोगिता, गायन,तथा तृत्य प्रतियोगिता, र सिटी म्याराथुन प्रतिायोगिता हुन वाकी रहेको श्रेष्ठले जानकारी दिएकाछन् ।

पुष ११ गते सोमवारका दिन सिटी म्याराथुन दौड प्रतियोगिता आयोजना गरीने र सो दौडमा ५ पइन्ट ५ किलो मिटर रहेको छ । जसमा छाताचोकबाट शुरुभई लक्ष्मीचोक जिरोप्याइन्ट,अमरहाट हुदै पृथ्विी चोक,सिंहदेवी चोक ,माछा भौडी, देशीलाईन, भानुचोक हुदै छाता चोकमा पुगेर सकिनेछ ।

विद्यार्थीहरुलाई पढाईका अतिरिक्त शारीरिक व्यायम र शारीरिक तन्दुरुस्तीमा पनि जोडदिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरीएको संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएका छन् ।

सप्ताहको समापन पुष १४ हुने कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् ।