धरान / नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ  । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । 

नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको  हो  । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका  टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस स्कुल कै रोहन गुर्मेतालाई घोषित गरीएको थियो ।

मंसिर २१ गतेबाट शुरु भएको सो प्रतियोगिता पुष ८ गते सम्पन्न भएको थियो । विजेता नेपाल पुलिस स्कुल धरानलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नगद ५० हजार ट्रफि,मेडल र प्रमाण–पत्र वितरण गरेका थिए । 

पुलिस स्कुल धरानमा खेलाडीलाई भव्य स्वागत तथा वधाई 

विजेता खेलाडीहरुलाई नेपाल पुलिस स्कुलले शनिवार एक कार्यक्रमका साथ भव्य स्वागत गरेको छ । खेल जितेर शनिवार धरान आइपुगेका खेलाडीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक सुदिप गिरीले खेलाडीलाई खदा र मालाले स्वागत गर्दै वधाई ज्ञापन गरेका थिए । 

खेलाडीहरुलाई प्रोत्साहनको लागि विद्यार्थीहरुले लामवद्ध लागेर स्वागत गरेका थिए । खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रम आयोजना गरिएको स्कुल प्रिन्सिपल डिकेन्द्र रायाले बताए ।