धरान \ मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम सातादेखि हुने भएको छ ।

आयोजक गाधुली क्लबले दिएको जानकारी अनुसार  गोधुलीकोे २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको हो ।

आयोजक क्लबका उपाध्यक्ष सतिष केसीका अनुसार प्रतियोगिता पुष ३० देखि माघ १४ गतेसम्म सम्पन्न हुने भएको छ । धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताका लागि २० वटै वडा कार्यालयहरुलाई पत्रचार गरिसकेको बताए । उनले भने–‘हामीले प्रतियो्गिता गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुलाई पत्राचार गरिसकेका छौं ।’ 

उनका अनुसार गत बर्षको सँस्करणमा वडा नं ७ बाहेकका १९ वटा टिमले सहभागिता जनाएको बताए । तर यस पटक भने २० वटै वडाले सहभागिता जनाउने बढी सम्भावना भएको उपाध्यक्ष केसीले जानकारी दिए ।  उनले भने–‘गतब र्ष ७ नं वडा बाहेक १९ वडाले गोधुली रनिङ कपमा सहभागिता जनाएका थिए, त्यसबेला वडा नं १६ विजेता भएको थियो भने वडा नं १३ उपविजेता भएको थियो ।’ उनका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद ७५ हजार नगदसहित ट्रफी पाउनेछन् ।

यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले १५ हजार, सर्वाधिक गोलकर्ताले नगद ७ हजार ५ सयसहित  ट्रफी पाउने भएका छन् ।  अन्यमा वेष्ट डिफेन्स, वेष्ट स्ट्राइकर, वेष्ट गोलकिपर, वेष्ट मिडफिल्ड, वेष्टकोचले पनि जनही नगद ५ हजार ५ सय पाउने उपाध्यक्ष केसीले जानकारी दिए । 

कार्यपालिकाका सदस्य एवम नगर खेलकुद विकास समितिका संयोजक सुवास राईको को स्मृतिमा आयो्जना गरिदै आएको सुवास राई सुपर गत बर्ष गोधुली कपका क्वार्टरफाइनल पुग्न सफल ८ टिमलाई समावेश गरेर उपमहानगरपालिकाले सुपर ८ प्रतियोगिता पनि आयोजना गरेको थियो । यस पटक पनि बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले जानकारी दिए ।