विजयपुर /  गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पाद्वारा गाइएको ग‘ दुई दिने यो चोला’ म्युजिक भिडियो केशव राई अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाएरा  बसेका  गायक तथा संगीतकार पेम्बा ग्याल्बु शेर्पाको यो दोस्रो म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक शेर्पाको पहिलो गीत चर्चित गायिका सुनिता थेगेमसंग ‘ए साईला  तमोरै दोभान’ सार्वजनिक गरेका थिए ।

  उनले आफ्नै शब्द, संगीत , स्वरमा  शेर्पाले चर्चित गायिका रचना रिमालसंग युगल आवाजमा गाइएको उक्त म्युजिक भिडियोको छायांकन मकाउमा  गरिएको छ । सार्वजनिक गीतको व्यवस्थापन  मनोज साङसोन राईले गरेका छन ।

रेकर्डिङ सुरेश राईको रहेको छ भने  मिक्सिङ मास्टरिङ राजु कार्कीले गरेका छन् ।

सार्वजनिक गीतको मुख्य भुमिकामा पेम्बा ग्याबु शेर्पा आफैले अभिनय गरेका छन भने  पार्वती राई ( लिम्बु) आयुष राई, अमृता राई, दावा शेर्पा, छिरिङ शेर्पा, गेस्ट आर्टिसमा गीत श्रेष्ठको  अभिनय रहेको छ । म्युजिक भिडियो छायांकन धन खालिङ डन मगरले  गरेका हुन् ।  गीतमा जीवनका भोगाइ तीतामीठा क्षणहरुलाई समेटिएको छ ।