बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका शिक्षा शाखाले बराहक्षेत्रमा रहेका विद्यालयले गरेको मंगलबार लिएको नेपाली विषयको परीक्षा रद्ध गरेको जनाएको छ ।

मंगलबार गरेको नेपाली विषयको परीक्षामा व्यापक त्रुटी भएको विषयमा  समाचार प्रकाशित गरेपनि बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको ध्यानाकर्षण भएको थियो ।

त्रुटी भएको विषयगत परीक्षालाई बुधबार शिक्षा शाखा बराहक्षेत्रले परीक्षालाई रद्ध गरेको सूचना प्रकाशित गरेको छ ।

शिक्षा शााखा प्रमुख देबेन्द्रबहादुर मल्लद्वारा हस्क्षरित सूचनामा सबै सामुदायिक विद्यालय तथा धार्मिक विद्यालयलाई सम्बोधन गर्दै  २०७९ को अर्ध  बार्षिक परीक्षाको  मंगलबार भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्रमा त्रुटी भएको पाइएकोले सो परीक्षा रद्ध गरेको जनाएको छ ।

र्मंगलबार भएको दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको थियो भने नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका थिए । 

बराहक्षेत्रमा ५७ वटा विद्यालय रहेका छन् । त्यसमध्ये १६ वटा माध्यामिकत तह, १० वटा निमावि र ३१  प्रावि रहेका छन् ।