धरान / पोखरामा बिहीबाट सुरु भएको २२ औ आहा रारा गोल्डकपको उद्घाटन खेलमै धरानले विजय शुरुवात गरेको छ । प्रतियोगितामा सहारा क्लब पोखरालाई १–० गोल अन्तरले हराउदै धरान फुटबल क्लब बिजयी बनेको हो । पूवाद्र्धको ५ मिनेटमै डिबक्स नजिकै पाएको फ्री किकलाई धरान फुटबल क्लबका जर्सी नम्बर ७ का प्रकाश बुढाथोकीले सिधै जाली चुमाएका थिए ।

प्रकाशको फ्री किक नै धरानको जीतका लागि निर्णायक बन्यो ।

प्रतियोगितामा तर्फका खेलाडीहरुले गोल गर्ने अवसर धेरै पाए पनि गोल गर्न सकेका थिएनन् । खेल को म्यान अफ दि म्याच पनि प्रकाश भए उनले नगद ८ हजार र ट्रफी प्राप्त गरेका छन ।

२२ औ गोल्डकपमा १० टिम सहभागी रहेका छन । शुक्रबारको दोस्रो प्रतिष्पर्धा विभागीय टिम नेपाल पुलिस क्लब र चर्च बोइज युनाइेट क्लब बिच हुने आयोजकले जनाएकोछ । गतवर्ष विजेताले १० लाख रुपैयाँ पाएकोमा यसपाली १२ लाख पाउनेछ । यसैगरी उपविजेताको पुरस्कारमा एक लाख रुपैयाँ थप गरि यसपाली ६ लाख रुपैयाँ प्रदान गरिनेछ ।

गत वर्षको विभागीय टोली एपिएफ क्लब विजेता बनेको थियो । भने मनाङ मर्स्याङ्दी क्लबे उपविजेता बनेको थियो ।