धरान / हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्वारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा ६ वटा स्कुल प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो चरणको प्रतियोगितामा सहभागी २७ स्कुल मध्ये ६ वटा स्कुल फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनल प्रवेश गर्ने स्कुलहरुमा नेपाल पुलिस स्कुल, चन्द्र संस्कृत मा.वि., ज्वालामुखि मा.वि., सुनाखरी एकेडेमी, एम्स एकेडेमी स्कुल र आयोजक हिविसकस इङलिस स्कुल रहेका छन् ।

धरान भरीका २७ स्कुलबाट सहभागी मध्येबाट फाइनलका लागि ६ वटा विद्यालय छनौट भएको विद्यालयका सहायक प्रिन्सिपल विजय सिं थेवेले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो,पाचौं र छैटौ हुने विजेताहरुले क्रमस १२ हजार, १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगद मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने स्कुलका प्रिन्सिपल गंगाराम राईको भनाई रहेको छ । प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रिन्सिपल राईले बताएका छन् ।